Bagmati Samachar Logo

स्वास्थ्यको कारण देखाएर रन्जिताले दिइन कार्यवाहक अध्यक्ष शिव बास्तोलालाई

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रन्जिता श्रेष्ठले कार्यवाहक अध्यक्ष शिव बास्तोलालाई दिएकी छन् ।

अध्यक्ष श्रेष्ठले वरिष्ठ नेता बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी हुन्।

बास्तोलालाई शनिबार नै कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ । पत्र लेखेर श्रेष्ठले कार्यवाहक अध्यक्ष दिएकी छन् ।

विधानमा अध्यक्षले कार्यवाहक अध्यक्ष तोक्न सक्ने अधिकार रहेकोले त्यसअनुसार कार्यवाहक अध्यक्ष दिएकी छन् । विधानको धारा २० (९) अनुसार कार्यवाहक अध्यक्षे तोकेको पत्रमा उल्लेख गरिएको छ ।

नाउपा गठन हुँदा निर्वाचन आयोगमा बुझाएको २१ सदस्यीय केन्द्रीय समितिमा भने बास्तोलाको नाम नभएको नाउपाका नेता बताउछन् ।

अध्यक्ष श्रेष्ठ पोखराको लिचीबारी जग्गासम्बन्धी घुस काण्डमा मुछिएकी छन्। उनीसँग हालै अख्तियारले बयान पनि लिएको थियो।

श्रेष्ठका श्रीमान रेशम चौधरीले अध्यक्ष श्रेष्ठलाई लक्ष्य गर्दै आरोप लागेकाले केन्द्रीय समितिमा जबाफ दिनुपर्ने र भागेर हिँड्न नपाइने बताउदै आएका छन् । उनले पार्टीमा जवाफ नदिए अप्ठेरो हुने पनि बताएका छन् ।