Bagmati Samachar Logo

बागमतीका मुख्यमन्त्री बहादुर लामा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभामा संसदीय दलका नेता बहादुरसिंह लामालाई पदमुक्त गर्न २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता लामा विरुद्ध आइतबार संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् ।

बागमती प्रदेश सभापति इन्द्र बानियाँको अगुवाईमा भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरुमा बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, विन्दु रायमाझी पौडेल, यमुनादेवी श्रेष्ठ, माया श्रेष्ठ, उर्मिला नेपाल, शान्ता ढकाल, प्रभात तामाङ छिरिङ दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीनकृष्ण महर्जन, विमल ठकुरी, यदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने र सुना परियार छन् ।

लामाविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरूमा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र कांग्रेस नेता प्रकाशमान सिंह पक्षधरका सांसदहरू छन् ।
अविश्वासको प्रस्ताव दर्ता गर्नेमा आज राजीनामा दिएका चार जना मन्त्री पनि छन् ।