Bagmati Samachar Logo

एमालेको ब्यानरमा पूर्व उपाध्यक्षको हैसियतमा विद्या भण्डारीको पत्रकार सम्मेलन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ब्यानरमा पूर्व उपाध्यक्षको हैसितयतमा पत्रकार सम्मेलन गरेकी छिन् । शुक्रबार पत्रकार सम्मेलन गरेकी भण्डारीले मदन भण्डारीको फोटो सहितको नेकपा एमालेको ब्यानरमा पत्रकार सम्मेलन गरेकी छन् ।

गत ५ र ६ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारी राजनीतिमा सक्रिय हुन नसक्ने निष्कर्षसहित सदस्यता नवीकरण नहुने निर्णय गरेको थियो ।

आफ्नो राजनीतिक सक्रियता र सदस्यता नवीकरणबारे नेकपा एमालेले गरेको निर्णयप्रति पत्रकार सम्मेलनमा असन्तुष्टि जनाएकी छिन् ।

एमालेले भण्डारीलाई पूर्व राष्ट्रपतिकै हैसियतमा रहन आग्रह गरेको थियो । तर, उनले यसलाई अस्वीकार गदै पूर्व उपाध्यक्षको भूमिकामा प्रस्तुत गरेकी छन् ।

पार्टी राजनीतिमा आउन आफूलाई कसैले रोक्न नसक्नेदेखि ४५ वर्षयता पार्टीमा आफ्नो सक्रियतासम्मको विषयलाई भण्डारीले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइन् ।

यसैबीच उनले आफूलाई पूर्वउपाध्यक्षको हैसियतमा राखेकी छिन् ।

पत्रकार सम्मेलनमा वाचन गरेर सुनाएको वक्तव्यको अन्तिममा भण्डारीले आफ्नो परिचय ‘पूर्वउपाध्यक्ष’ भनेर राखेकी छिन् ।

२ पृष्ठ लामो आफ्नो वक्तव्यमा उनले भनेकी छिन्, ‘म नेकपा एमालेको पार्टी जीवनमा पुन: आएँ । म ३५ वर्ष पार्टी सदस्य भएपछि राष्ट्रपतिको शपथ खाएको हुँ । मैले पार्टी त्यागेर गएको होइन ।’

भण्डारीले केहि दिन पहिला पनि पत्रकारसँग कुरा गरेर आफू पछाडि नहट्ने बताएकी थिइन् ।