पूर्वश्रीमतीसँगको तस्वीर भाइरल भएपछि धनराजलाई तनाव, सचिवालयले निकाल्याे विज्ञप्ति
काठमाडौं । कांग्रेस उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङ र पूर्वश्रीमती ज्योति गुरुङसँग खिचिएको पुरानो तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
हालै सामाजिक सञ्जालमा तस्वीर भाइरल भएपछि सहकारी ठगीको आरोपबाट उम्कन धनराज र ज्योतिले नक्कली डिभोर्स गरेको टिप्पणी भएको थियो । तस्वीरमा उनीहरू रोमाञ्चक मुडमा देखिन्छन् ।
अनेकन टिकाटिप्पणीसँगै गालीगलौजसमेत बढेपछि उपसभापति गुरुङको सचिवालयले विज्ञप्ति प्रकाशनगरी उक्त तस्वीर डिभोर्स हुनुपूर्व खिचिएको प्रस्ट पारेको छ । यी दुई सहकारी ठगीमा मुछिएका छन् ।
प्रतिक्रिया दिनुहोस्: