भोली विद्या भण्डारीले आयोजना गरिन विशेष पत्रकार सम्मेलन
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छन् । काठमाडौंस्थित कार्की बैंक्वेटमा भोलि (शुक्रबार) दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गरिएको हो ।
राजनीतिमा पुनः सक्रियताको घोषणा गरिसकेकी भण्डारीलाई नेकपा एमालेले उनको एक वर्ष पहिला नविकरण गरेको पार्टी सदस्यता नै रद्द गरिदिने निर्णय गरेको छ । त्यसयता सार्वजनिक रूपमा भण्डारीले खास टिप्पणी गरेकी छैनन् ।
उनले आफ्ना कुरा र भावी योजना भोलिको पत्रकार सम्मेलनमा सुनाउने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्: