एमाले बैठक : स्टालिन, खुश्चोभव र विद्याको चर्चा, ओलीले सोधे म स्टालिन हो ?
काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुरेन्द्र पाण्डेबीच भनाभन भएको छ । ओली र पाण्डेबीच भना भन भएको पनि नेपालको , एमालेको विषयमा नभएर सोभियत रुसी नेता जोसेफ स्टालिन र खुश्चोवका विषयमा हो ।
केन्द्रीय कमिटीको बैठक समापन गदै ओलीले गरेको सम्बोधनलाई लिएर पाण्डेले असहमती जनाएका थिए । उपाध्यक्ष पाण्डेलाई ओलीले ५ मिनेट बोल्न दिएका थिए । पाण्डेले विद्या भण्डारीलाई सदस्यताबाटै रोक्ने कुराले गलत सन्देश जाने र पार्टीलाई ठूलो क्षति हुने भन्दै थप छलफल गर्न अध्यक्षलाई नै सुझाएका थिए ।
पाण्डेले सोभियतकालीन रुसी कम्युनिस्ट पार्टीका महासचिव निकिता ख्रुश्चेभको प्रसंग ल्याएर आफ्नो कुरा राखेका थिए । रुसमा स्टालिनको मृत्युपछिको एउटा कार्यक्रमा ख्रुश्चेभले स्टालिनको आलोचना गरेको प्रसंग ल्याएर बोल्न थालेपछि ओलीले म के स्टालिन हो ? भन्दै पाण्डेलाई प्रश्न गरेका थिए । ओलीले प्रश्न गरेपछि ओलीका समर्थकहरुले बैठकमा नै हो हल्ला सुरु गरेका एक केन्द्रीय सदस्य बताउछन् । ती केन्द्रीय सदस्यले भने,‘स्टालिन र खुश्चेवको प्रसंग आउने बित्तिकै ओलीले प्रश्न गर्नु भयो । म के स्टालिन हो ? त्यसपछि तलबाट पनि हो हल्ला हुन थाल्यो । बिना प्रसंग किन यो कुरा ल्याएको भनेर पाण्डेलाई बोल्न नै नदिने अवस्था ल्याए ।’
पाण्डेले स्टालिन शैलीको पार्टी सन्चालन गरेको आशय व्यक्त गर्दै खु्रश्चेबको कुरा उठाएपछि अध्यक्ष ओली आक्रोशित भएका थिए ।
पाण्डेले स्टालिनको बुटको आवाज सुन्दा रुसी कम्युनिस्ट पार्टीका सदस्यहरु थरथर काम्ने गरेको प्रसंग पनि बैठकमा उठाएका थिए । त्यसपछि ओलीले आफूमाथि स्टालिन बन्न खोजेको आरोप लगाएको भन्दै रोकेका थिए । तलबाट ओलीकै पक्षमा हुटिङ भएपछि उनी रोकिएका थिए ।
यस्तो छ स्टालिन खुश्चोवको प्रसंग
सोभियत संघका संस्थापक लेनिनको निधनपछि सन् १९२४ देखि १९५४ सम्म शासन गरेका जोसेफ स्टालिनले । स्टालिनको शासनकालमा सबै भन्दा बढी नजिक थिए खुश्चोव । स्टालिनको निकट भएरु नै स्टालिन पछि खुश्चोव पार्टी महासचिव र राष्ट्रपति भएका थिए ।
तर स्टालिनको मृत्यु पछि ख्रुश्चेभले एक दिन ठूलो भेलामा भाषण गर्दै , स्टालिनको निरङ्कुशता र क्रूरताको कारण रूसी कम्युनिष्ट पार्टीलाई धेरै क्षति भएको बताए ।
दर्शकदीर्घाबाट एक श्रोताले सोधे तिमी स्टालिनका समकालीन हौ । सँगै काम गर्दैथियौ । तर, स्टालिन भइन्जेल केही भनेनौं । अहिले स्टालिन छैनन्, अनि उसको विरोध गर्दैछौ ?
ख्रुश्चेभले भने : को बोल्दै हुनुहुन्छ ? कृपया उठ्नुहोस् त । बोल्नेको अनुहार हेरौं । तर, ती व्यक्ति उठेनन् । आफ्नो नाम पनि बताएनन् । गुपचुप रहे ।
ख्रुश्चेभले भने: तिमी अहिले किन चुप बस्यौ ? हो, तिमी अहिले चुप भएजस्तै त्यसबेला मैले चुप लाग्नु परेको थियो ।
प्रतिक्रिया दिनुहोस्: