Bagmati Samachar Logo

ओली कम्युनिस्ट भएकाले नेपाल बिग्रिएको भन्ने प्रचार भइरहेको छ : विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले केपी ओली कम्युनिस्ट भएर नेपाल बिग्रिएको प्रचार भइरहेको बताएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै विप्लवले यस्तै प्रचार गरेर कम्युनिस्ट आन्दोलन कमजोर र बदनाम गर्ने काम भइरहेको बताएका छन् ।

‘ओली कम्युनिस्ट भएर नेपाल बिग्रिएको हो । कम्युनिस्ट धेरै भएर बिग्रिएको हो । यिनीहरू गरिबीमा मात्र बाँच्छन् । उनीहरुले कम्युनिस्टबाट भएका सुधारलाई पनि दलाल पुँजीवाद स्वीकार गर्न तयार छैनन् । जसरी हुन्छ कम्युनिस्टहरूलाई समाप्त पार्ने खेल नेपालमा चलिरहेको छ’, उनले भने ।

उनले पुष्पलाललाई पनि अवसरवादी छट्टुहरूले नेतृत्वबाट हटाएको आरोप लगाए । नेपालको कम्युनिस्ट आन्दोलनलाई अन्तिम समयसम्म पनि एकीकृत गराउन प्रयास गरेको विप्लवले स्मरण गरे । यद्यपि पुष्पलालले २००६ सालमा सोचेको अवस्था र अहिले धेरै फरक भएकाले अब कस्तो नेपाल बनाउनेबारे गम्भीर भएर सोच्ने बेला आएको उनले बताए ।

उनले अन्यलाई दोष दिएर माओवादी उम्किने ठाउँ नभएको स्पष्ट पारे ।

‘नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिस्टहरूको दोष छ । मुख्य दोषी माओवादी हो । मैले प्रचण्डसँग भनेको छु–आजको राजनीति यति भ्रष्टीकरण र लथालिङ्ग हुनु । बलिदानी गर्ने, क्रान्तिकारी अपमानित हुने ठाउँमा पुर्‍याउनेमा सबैभन्दा बढी दोषी माओवादी छ’, उनले भने, ‘त्यसकारण अरूलाई दोष दिएर उम्किने ठाउँ छैन । हामीले आफ्ना विचार, वर्ग, आदर्शलाई छोडेर अर्कोलाई दोष दिन पाउँछौँ रु २०५७ सालका कम्युन कहाँ गए रु बैंकका पैसा कता गए रु हस्पिटल कता गए रु त्यो जनता र कार्यकर्ताको कारणले होइन जनताको कारणले हो ।’