Bagmati Samachar Logo

प्रधानमन्त्रीलाई विश्वप्रकाशले भने – अनावश्यक दबाद नदिनुहोस्,सरकार तलमाथि हुनसक्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार तलमाथि हुनसक्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । शर्माले भूमिसम्बन्धी विधेयकमा प्रधानमन्त्री ओलीले नै अनावश्यक दबाब दिएको उनले बताएका छन्।

उनले कांग्रेसले एमालेसँग गठबन्धन गरेकै भरमा ‘जे आउँछ मजाले पचाउँछ’ भन्ने होइन भन्दै आवश्यक छलफल र समितिमा छलफल नभई भूमि विधेयक पास नहुने दाबी गरे।

महामन्त्री शर्माले समितिबाट पास भइसकेको निजामती सेवा विधेयकमा एमालेका सांसदले संशोधन हालेकोमा असन्तुष्टि जनाए। उनले यसैका कारण सरकार नै तलमाथि हुनसक्ने चेतावनी दिए। निजामती कर्मचारीको ‘कुलिङ पिरियड’ दुई वर्षको राख्दै राज्य व्यवस्था समितिबाट पारित भएको विधेयक संसदमा आइपुग्दा छेडखानी गरेर हटाइएको भन्दै चर्को विरोध हुँदै आएको छ।

बीपीकोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा बीपी फाउण्डेसनद्वारा आयोजित ‘देश विकास र देशवासीको उन्नतीको आधार बीपी विचार’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री शर्माले भूमि विधेयकमा प्रधानमन्त्रीको दबाबमा भूमि व्यावस्था तथा सहकारी विकास मन्त्री बलराम अधिकारीले अनावश्यक हतारो गरेको बताएका हुन्।