Bagmati Samachar Logo

एमाले केन्द्रीय कमिटीको बैठक ओलीका कारण बैठक केहि समय ढीला सुरु

काठमाडौं । नेकपा एमालेको दोस्रो दिन केन्द्रीय कमिटी बैठक सुरु भएको छ । सोमबारबाट सुरु भएको बैठक आज पनि निरन्तर चल्ने छ । पार्टी बैठकका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पनि पार्टी कार्यालय च्यासल आइपुगेका छन् ।

बिहान ११ बजेबाट बैठक सुरु हुने तय भएपनि ओली भने सधै झै निर्धारित समयभन्दा ३५ मिनेट ढिलागरी कार्यालय आइपुगेका हुन् । उनी कार्यालय आइपुगेसँगै केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

आगामी भदौमा हुने विधान महाधिवेशनको तयारीका लागि जारी बैठकमा हिजो पहिलो दिन ४९ जना नेताले आफ्नो धारणा राखेका थिए । ४९ जनामा पाँच जना पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका छन् । अन्य केन्द्रीय सदस्यहरु भने ओलीलाई नै अध्यक्ष मानेर जानु पर्ने धारणा व्यक्त गरेका छन् । केहि केन्द्रीय सदस्यले यहि केन्द्रीय कमिटी बैठकबाट ओलीलाई अध्यक्ष घोषणा गरेर जानु पर्ने धारणा राखेका छन् ।

आज हिजो नाम टिपाएका केन्द्रीय सदस्यहरुले बोल्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । एक केन्द्रीय सदस्यलाई ३ मिनेट बोल्ने समय दिएको छ ।