नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको उपाधिबाट चुक्यो
काठमाडौं । लिग चरणको अन्तिम खेलमा नेपाल साफ महिला च्याम्पियनसिपको उपाधिबाट चुकेको छ । आज भएको खेलमा नेपालले बंगलादेशसँग ४–० गोल अन्तरले हार्यो । बंगलादेशसँग हारेसँगै च्याम्पियनसिपको उपाधि गुमाएको छ ।
बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपाललाई ४–० गोल अन्तरले पराजित भयो । घरेलु टोलीले च्याम्पियनसिपको उपाधि जितेको हो । पहिलो हाफमा एक गोल गरेको बंगलादेशले दोस्रो हाफमा थप ३ गोल गर्यो ।
बंगलादेशको जितमा सागोरिका एक्लैले ४ गोल गरिन् । खेलको ८औं मिनेटमा सागोरिकाले गोल गर्दै बंगलादेशलाई पहिलो अग्रता दिलाएकी थिइन् ।
उनैले खेलको ५१औं, ५८औं र ७७औं मिनेटमा गोल गर्दै टोलीमा च्याम्पियन बनाइन् ।
प्रतिक्रिया दिनुहोस्: