Bagmati Samachar Logo

सुरेन्द्र पाण्डेले सोधे विद्या भण्डारीको सदस्यताबारे निर्णय गर्ने को हो ?

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नविकरण भएको बताएका छन् । एमाले पार्टी कार्यालय ललितपुरको च्यासलमा पत्रकारहरूसँग कुरा गर्दै पाण्डे दुई वर्षअघि नै पार्टी सदस्यता नवीकरण गरिएको बताएका हुन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले हिजो शनिबार पोलिटब्युरो बैठकपछि भण्डारीको सदस्यता पेन्डिङमा रहेको बताएका थिए । तर पाण्डेले पत्रकारको जिज्ञासाप्रति प्रतिप्रश्न गर्दै भने,‘सदस्यताबारे निर्णय गर्ने को हो ? उहाँको सदस्यता नवीकरण भइसकेको छ । त्यो पनि दुई वर्ष पहिला नै ।’

चार बजेबाट एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच बैठक च्यासलमा जारी छ । उक्त बैठक सुरु हुनु पहिला पाण्डे सहितका नेतहरुको तस्वीर सार्वजनिक भएको थियो ।