लगभग १० वर्ष पछि पार्टी नेताको रुपमा एमाले मुख्यालयमा विद्याका पाइला
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलार्यै भेट्न एमाले पार्टी कार्यालय च्यासलस्थित पुगेकी छिन् । ओली र भण्डारीबीच अपराह्न ४ बजे भेट हुँदै छ । दिउँसो ३ बजे नै हुने भनिएको भेट प्रधानमन्त्रीको कार्यव्यस्तताले एक घण्टा सारिएको हो ।
ओलीसँगको भेटका लागि भण्डारी ४ बजेअघि नै च्यासल पुगेकी हुन् । लामो समयपछि भण्डारी पार्टी कार्यालयमा पुगेर ओलीसँग भेटघाट गर्ने भएकी छिन् ।
एमालेमा भण्डारीको राजनीतिक सक्रियताले तुफान ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस्: