Bagmati Samachar Logo

प्रशासनले आक्रमणकारी पक्राउ नगरेको भन्द हेटौँडाका जनप्रतिनिधि आन्दोलित

 

हेटौँंडा । हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले आन्दोलन सुरु गरेका छन् । असार ४ गते वडा अध्यक्षमाथि आक्रमण गर्नेलाई पक्राउ नगरेको भन्दै आन्दोलन सुरु गरेका छन्।

प्रवक्ता सविन न्यौपानेमाथि आक्रमण भएको एक महिना बितिसक्दा पनि आक्रमणकारी पक्राउ नगरेको भन्दै प्रदर्शन गरेका छन् ।

हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले मकवानपुर जिल्ला प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख उपरीक्षकविरुद्ध लक्षीत आन्दोलन सुरु गरेका छन् । हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता एवम् १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेमाथि आक्रमण भएको एक महिना बितिसक्दा पनि आक्रमणकारीलाई अझै पक्रन नसकेपछि जनप्रतिनिधि आन्दोलित भएका हुन् ।

उनीहरूले आइतबारबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरमा साङ्केतिक कार्यालय नै खडा गरेर प्रदर्शन गरेका हुन् । वडामा काम गरिरहेको अवस्थामा न्यौपानेमाथि आक्रमण भएको थियो । घटना घटेको एक महिनासम्म पनि प्रहरी–प्रशासनले कसैलाई पनि पक्राउ नगरेपछि जनप्रतिनिधि आन्दोलित भएकाले जिल्ला प्रशासन कार्यालय परिसरभित्र साङ्केतिक कार्यालय खडा गरेर विरोध गरेका हुन् ।

मध्य बजार क्षेत्रमा दिउँसै व्यवसायी कुटिँदा र वडा अध्यक्षमाथि आक्रमण हुँदा पनि प्रहरी प्रशासनले प्रभावकारी कार्य गर्न नगरेको हेटौँडा–१६ का अध्यक्ष रामकृष्ण कोइरालाले जानकारी दिए ।