अफताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमसहित हत्याको आरोप लागेका ५ जनालाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन परेको छ ।
महान्यायाधिवक्ता कार्यालयले आलमसहित महाताब आलम, शेख सेराज भन्ने शेख सराद र बद्री सहनीलाई उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलासले दिएको सफाइविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको हो ।
वीरगन्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनको वीरगन्ज इजलासले २०८२ जेठ १४ गते बुधबार आलम लगायत ५ जनालाई सफाइ दिएको हो ।
थारू र महर्जनको इजलासले गरेको फैसला त्रुटिपूर्ण रहेको हुनाले उक्त फैसला बदरको माग सहित महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको हो ।
उक्त मुद्दामा रौतहट जिल्ला अदालतले जन्म कैदको सजाय सुनाएको थियो ।
सफाइ दिने न्यायाधीशविरुद्ध न्याय परिषद्मा उजुरी परेपछि सर्वोच्च अदालतले दुवै जनालाई काजमा सर्वोच्च अदालत तानेको छ । त्यस विषयमा न्याय परिषद्ले समेत छानबिन गरिरहेको छ ।
दुबै जना न्यायधिसलाई इजलासमै गएर नेकपा बहुमतका नेताहरुले कालो मोसो छ्यापेका थिए ।
प्रतिक्रिया दिनुहोस्: