एमालेमा पदाधिकारी १५ र केन्द्रीय सदस्य २५१ हुने
काठमाडाैं । बिहीबार पार्टी कार्यालय च्यासलमा राति अबेर सकिएको सचिवालयको बैठकले १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय पनि गरेको छ । उपाध्यक्ष विष्णु पौडेलले ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेका थिए ।
तर, बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको आकार केही बढाएर १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको उपमहासचिव ज्ञवालीले बताए ।
अब एमालेमा सचिवालय भने रहने छैन । सचिवालयको सट्टा पदाधिकारी नै स्थायी कमिटीका रूपमा काम रहेर काम गर्ने गरी प्रस्ताव पास भएको छ । यसैगरी, पोलिटब्युरो भने ८४ सदस्यीय हुनेछ । अब सचिवालयले पास गरेको प्रस्तावमाथि पोलिटब्युरो र केन्द्रीय कमिटीमा छलफल हुनेछ ।
त्यसपछि २०२२ भदौसम्म ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनले उक्त प्रस्तावलाई अनुमोदन गरेपछि नयाँ विधान कार्यान्वयनमा जानेछ ।
प्रतिक्रिया दिनुहोस्: