एमाले बैठक : केपी ओली र ईश्वर पोखरेलबीच भनाभन , ओलीलाई नेतृत्व छोड्न दबाब
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा पार्टी अध्यक्ष वरिष्ठ उपाध्यक्षबीच बैठकमा भना भन भएको छ । दोस्रो विधान महाधविशेनको तयारीको लागि विधानमाथि छलफल गर्न बसेको बैठकमाल भनाभन भएको हो ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधानको मस्यौदामाथि पदाधिकारीहरुले बिहिबार धारणा राखेका थिए । प्रस्तावमाथि वरिष्ठ उपाध्यक्ष पद हटाउने, पदाधिकारी र केन्द्रीय कमिटीको आकार घटाउने, ७० वर्षे उमेरहद हटाउने, दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव थिए ।
विधानको धारा ६४ मा रहेको ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्थाबारे छलफल हुँदा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भनाभन भएको थियो । विधानमाथि धारणा राख्ने क्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले भूमिका सहित पार्टी विधान तीन पटक छापिएको प्रशंग उठाएका थिए ।
प्रथम विधान महाधिवेशनले गरेको निर्णय र दशौं राष्ट्रिय महाविधेशनको परिस्थितिबारे बोल्दै जाँदा वरिष्ठ उपाध्यक्ष पोखरेलले तीनपटक विधान छापिएको प्रशंग उठाएका थिए ।
पोखरेल बोल्दै गर्दा ओलीले आपत्ति जनाए । ओलीले भने, ‘तपाई कर्ण थापाको कुरा बोकेर आउने हो ?’
स्रोतका अनुसार ओलीले कर्ण थापाको कुरा बोकेर आएको आरोप लगाएपछि ईश्वर पोखरेल झोक्किएका थिए । ‘म आफ्नो कुरा राखिरहेको छु, कर्ण थापासँग मलाई किन जोड्नुहुन्छ ?,’ पोखरेलले उल्टै प्रश्न गरेका थिए ।
बोल्ने क्रममा पोखरेलले ओलीलाई नेतृत्व छोड्न सुझाव नै दिएका छन् ।
‘तपाई र म बीचमा कुनै आइडोलोजीको समस्या होइन, छैन, तर तपाईंको शैलीमा समस्या भयो,’ पोखरेलले भने, ‘कार्यकर्ता र जनतासँग गर्ने शैली ठीक भएन, पार्टीभित्र मूल्यांकन गर्ने विधि भएन, त्यसैले अब तपाईले छोड्नुस् (नेतृत्व) ।’
पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन पनि ओलीले नेतृत्व छोड्नुपर्ने तर्क पोखरेलले गरेका थिए । ‘आत्मालोचना भन्ने चिज छैन, विचारको विमर्शलाई झगडा भन्नुहुन्छ,’ ओलीसँग नेतृत्व छोड्नुको विकल्प नरहेको तर्क पोखरेलले गरेका थिए ।
तर यो सबै सुनिरहेका प्रधानमन्त्री समेत रहेका ओलीले भने नेतृत्व छोड्ने अवस्था नरहेको जवाफ फर्काएका थिए । ‘ईश्वर कमरेडले शान्त शैलीमै नेतृत्व छोड्नुस् भन्नुभयो, यो सबै सुनिरहनुभएका अध्यक्ष कमरेडले मिल्दैन भन्नुभयो’, स्रोतले भन्यो ।
पार्टीमा अझै आफ्नो आवश्यकता रहेकाले छोड्न नमिल्ने ओलीको तर्क थियो ।
प्रतिक्रिया दिनुहोस्: