एमालेमा ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पास
सुनिल गिरी
काठमाडौं । नेकपा (एमाले) सचिवालय बैठकले पार्टीमा लागु भएको ७० वर्षे उमेरहद र दुईकार्यकालको व्यवस्था हटाएको छ।
बिहीबार बसेको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन पेस गर्दै ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था नराख्ने प्रावधान प्रस्तुत गरेका थिए। सचिवालयले त्यसलाई अनुमोदन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। १० औँ महाधिवेशनमा एमालेमा ७० वर्षे उमेरहद र लगातार अध्यक्षलगायत पदाधिकारीमा दुई कार्यकालभन्दा बढी उम्मेदवार बन्न पाइने प्रावधान राखेको थियो । त्यो प्रावधानलाई हटाएको छ ।
एमालेले नवौं महाधिवेशनपछि ७० वर्षे उमेरहद र कार्यकालको प्रबन्ध राखेको थियो। माओवादी केन्द्रसँगको एकतापछि त्यो प्रबन्ध हटेको भए पनि दसौं महाधिवेशनपछि ७० वर्षे उमेरहद राखिएको थियो। कार्यकालका सन्दर्भमा भने एमालेभित्र विभिन्न मत छ। पार्टी वरिष्ठ उपाध्यक्षसहित नेताहरूले विधान महाधिवेशनले पारित गरेको प्रबन्ध महाधिवेशनपछि विधान छाप्नेबेला छलछामपूर्वक हटाइएको बताउँदै आएका छन्।
७० वर्षे उमेरहद २०८० जेठमा स्थगित गरिएको थियो। लगत्तै बसेको केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गरेको थियो।
आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेर हद र कार्यकाल नराख्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्: