एमाले सचिवालय बैठकमा ११ पदाधिकारी राख्ने प्रस्ताव
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकमा पदाधिकारी सङ्ख्या घटाउने प्रस्ताव पेस भएको छ । बिहीबार बसेको सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको विधान संशोधन प्रस्तावमा १९ जना पदाधिकारी घटाएर ११ जना बनाउने प्रस्ताव पेस भएको एक पदाधिकारीले बताए ।
१ अध्यक्ष, ३ उपाध्यक्ष, एक महासचिव, १उपमहासचिव र ५ सचिवसहित ११ सदस्यीय राख्ने प्रस्ताव पेस भएको ती पदाधिकारीले बताए । उक्त प्रस्तावमाथि छलफल जारी रहेको छ । त्यस्तै संशोधित विधान प्रस्तावमा १९९ केन्द्रीय सदस्य रहने उल्लेख छ । हाल एमालेमा वरिष्ठ उपाध्यक्षसहित १९ पदाधिकारी रहेका छन् । २९९ जना केन्द्रीय सदस्य छन् ।
दिउँसो साढे १ बजेबाट सचिवालय बैठक सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्: