शपथ खाँदा नै १ वर्ष हो है भनिएको थियो : सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री मण्डल पुनर्गठन हुने विषय सामान्य प्रक्रिया भएको बताएका छ्न। बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्रिपरिषद गठन, पुर्गठन गर्ने कुरा ठूलो कुरा नभएको र प्रधानमन्त्रीले शपथ लिने बेलैमा एक वर्षको कार्यकाल हेरिने, कार्यकाल थपघट गरिने उल्लेख गरेको बताए।
एक वर्ष आफूहरूले कुनै दायाँबायाँ र उत्तारचढाव नभई बिताएको पनि बताए। सरकारले एक वर्षको समयमा उपलब्धिमुलक कामहरू गरेको र अर्थतन्त्रलाई सही दिशामा ल्याएको र अब दौडिने परिस्थिति निर्माण भएको उनले दाबी गरे।
‘मन्त्रिमण्डल गठन, पुनर्गठन हुने कुरा ठूला कुरा छैन। यो प्रधानमन्त्रीको अधिकारको कुरा हो । हामी अहिले समीकरणमा छौँ। गठबन्धनमा सहमति भयो भने सामान्यतः एक वर्षभित्र मन्त्रीहरूलाई शपथ खुवाउने बेलामा पनि भन्नुभएको थियो । गुरुङले भने, ‘त्यसपछि तन्किन नि सक्छ, खुम्चिन नि सक्छ भन्नुभएको थियो। एक वर्ष कार्यकाल कम्फरटेबल्ली, बिना दायाँबायाँ, उत्तारचढाव नभइकन सकुशल ल्यान्डिङ गरेका छौँ।’
उनले यो एक वर्षमा चाहे जस्तो अर्थतन्त्र तयार भने नभएको बताए।
‘हाम्रो अर्थतन्त्र हामी सरकारमा जाँदा जे हालतमा थियो, मुलुक फेल हुनसक्छ भन्ने स्थिति थियो आज सबै कुरा पोजेटिभ भएको छ। यद्यपि हामीले चाहेको अझै भएको छैन,’ उनले थपे, आयात घट्न थालेको छ। निर्यात बढ्न थालेको छ। विकास निर्माणको काम पनि भइरहेको छ । उत्पादन वृद्धिको हिसाबले पनि धेरै राम्रो भएको छ। लिकबाट बाहिर गएको अर्थतन्त्रलाई लिकमा फर्काएका छौँ। अब कति स्पिडमा जाने भन्ने हो।’
प्रतिक्रिया दिनुहोस्: