Bagmati Samachar Logo

घुस डिल प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं । घुस डिल प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सामान्य प्रशासनमन्त्री गुप्ताले राजीनामा बुझाएका हुन् ।

घुस डिलसम्बन्धी अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादमा तानिएका थिए । घुस डिल प्रकरणमा मुछिएपछि सोमबार मन्त्री गुप्तालाई बालुवाटार बोलाएर सोधपुछ गरेका थिए ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाले सामान्य प्रशासनमन्त्री गुप्ताले प्रधानमन्त्री ओलीसमक्ष राजीनामा बुझाएको पुष्टि गरे ।‘ुमन्त्री गुप्ताले प्रधानमन्त्री ओलीज्यूलाई भेटेर राजीनामा बुझाउनु भएको छ,’ बर्तौलाले बताए ।

घुस डिल प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्न सरकारको नेतृत्वकर्ता दल एमाले, कांग्रेस र विपक्षी दल माओवादी केन्द्रसहितका दलका सांसदहरूले प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।