आफ्नै संरक्षणमा रहेकी बालिका बलत्कार गरेको आरोपमा बालगृहका प्रमुख पक्राउ
हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा सञ्चालित बालगृहमा आश्रय लिइरहेकी बालिकालाई बलात्कार गरेको आरोपमा एक जना प्रक्राउ परेका ाछन् । पक्राउ पर्नेमा बालगृहका प्रमख रहेका छन् । प्रमुख मधुसुदन राउतले बाल गृहमा बस्ने १७ वर्षीया बालिकालाई पटक पटक बलात्कार गरेको जाहेरीका आधारमा पक्राउ गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
सांग्रिला डेभलपमेन्ट एसोसिएसनले कैलाश–३ मा सञ्चालन गरेको बालगृहमा विगत ४ वर्षदेखि बस्दै आएकी १७ वर्षीया बालिकामाथि पटक–पटक बलात्कार गरेको जाहेरीको आधारमा राउतलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
राउतलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरि मकवानपुर ल्याइएको उनले बताए । राउतलाई आज म्याद थपका लागि मकवानपुर जिल्ला अदालतमा लगिएको छ । किशोरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राउतविरुद्ध ८ असारमा जाहेरी दर्ता गरेकी थिइन् ।
डीएसपी अर्यालका अनुसार राउतले बालिकालाई जेठ १ गतेदेखि २८ गतेसम्म पटक–पटक बलात्कार गरेको जाहेरी परेको छ ।
पीडित बालिकाको बाबुको दुर्घटनामा मृत्यु भएको र आमा सम्पर्कविहीन भएपछि बालगृहमा आश्रय लिएर बस्दै आएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्: