Bagmati Samachar Logo

न्यायाधीश कालोमोसो प्रकरणः २८ दिनपछि छुटेका नेताहरुलाई बहुमतले गर्यो अभिनन्दन

काठमाडौं । अफ्ताव आलमलाई उन्मुक्ति दिएको भन्दै न्याधीशहरुलाई कालोमोसो दल्ने नेकपा (बहुमत)का नेताहरुलाई पार्टीले सम्मान तथा अभिनन्दन गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा पार्टीको ३ नम्बर ब्यूरो (बागमती प्रदेश) ले पत्रकार सम्मेलन गरी स्वागत तथा अभिनन्दन गरेको हो ।

पार्टीका स्थायी समिति सदस्य उदयबहादुर चलाउने‘दिपक’ले गरिव तथा निमुखा जनताको न्यायको लागि जोखिम उठाएर हिक्मत गरेका नेताहरुलाई बधाई तथा धन्यबाद दिए । चलाउने पछिल्लो समयमा राज्यका तीनवोटै अंगहरुमा भ्रष्टाचार चरमचुलिमा पुगेको बेला आफ्नो पार्टीले त्यसविरुद्ध नयाँ अभियान चलाएको पनि बताए । जनताले सहिप्रकारको जनउत्तरदायी न्यायप्रणाली र अदालत नभएपछि आफ्नो पार्टी त्यसविरुद्ध लागेको बताउँदै भने, ‘जहाँ–जहाँ जनतामाथि अन्याय र अत्यचार हुन्छ, त्यहाँ–त्यहाँ नेकपा९बहुमुत० उपस्थित हुन्छ, र हिक्मत गर्ने कमरेडहरुलाई सलाम छ ।’

पार्टीका २ नम्बर ब्यूरो इन्चार्ज बाबुराम गजमेरले कालोमोसो दलेर जनपक्षीय कार्य गर्ने आफ्ना साथिहरुलाई बधाई दिए । गजमेरले देश र जनतामाथि संसदवादी पार्टी र उनिहरुको भ्रष्टाचार तथा बेथिती र अत्यातारविरुद्ध आफ्नो पार्टी लड्ने प्रतिबद्धता जनाए । समाजवादी व्यवस्थाले मात्रै देश र जनताले भोग्नु परेको अहिलेको समस्याबाट मुक्ति पाउने गजमेरको ठम्याई छ ।

कलोमोसो टोलीका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य अभिनाश कुँवरले २४ दिने प्रहरी हिरासत र ४ दिने कारागार बसाईले धेरै कुरा सिकाएको बताउँदै भने,‘हाम्रो बन्द पर्खालको बसाई उत्साहप्रद रह्यो, जनताको लागि कालोमोसो मात्रै हैन अपराधीहरुलाई त्यो भन्दा माथिको कारबाही गर्न तयार छौं ।

सो टोलीका अर्का सदस्य तथा पार्टी केन्द्रीय सदस्य पदम मगरले देशमा अन्याय र अत्याचारले सीमा नाघेको बताउँदै त्यसविरुद्ध निडर भएर अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरे ।

गत जेठ २९ गते बीरगञ्ज उच्च अदालतको इजलासभित्रै अभिनाश कुँवर, पदम मगर र गर्भू महतोले न्यायाधीश द्वोय खुसिराम थारु र अर्जुन महर्जनलाई कालोमोसो छ्यापेका थिए । आलमले उन्मिुक्ति पाए लगत्तै विभिन्न राजनीतिक दल तथा नेता कार्यकर्ता र आमजनताले न्यायाधीशरु विकेर फैसला गरेको भन्दै त्यसको व्यापक विरोध जनाएका थिए ।

चितवन जिल्ला इन्चार्ज पूर्ण विकले सन्चालन गरेको कार्यक्रममा पार्टी स्थायी समिति सदस्य द्वोय डिडी पाण्डे र निर्मलसहितका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।