Bagmati Samachar Logo

पार्टीका घोषित नीवितिपरीत कित्ताकाट क्षम्य हुँदैन : शंकर पोखरेलको

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल पार्टीको घोषित नितिविपरीत कित्ताकाट गरे राम्रो नहुने चेतावनी दिएका छन् ।
पार्टी र सङ्गठनभित्र फैलिएको अराजकता , पार्टीका घोषित नीतिको अवज्ञा कुनै प्रकारले पनि अवज्ञा गरे क्षम नहुने बताएका छन् ।

उनले भने, ‘भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन हो राष्ट्रिय महाधिवेशन होइन । त्यसैले अहिले कुनै नेताका नाममा कित्ताकाट हुनु जरुरी छैन । जतिबेला जे काम पर्छ त्यही गर्नुहोस् । नीति र नेतृत्व निर्माणको भिन्नता नेताहरूले थाहा पाउनुहोस् । ’

राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिँड्ने कुरा अनुशासनहीन र अराजक भएको भन्दै प्रतिवाद गर्न पोखरेलले निर्देशन दिए ।

विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसंगठनका इन्चार्ज र पदाधिकारीको भेलालाई सम्बोधन गर्दै पोखरेलले विधान महाधिवेशनले तय गरेका कतिपय विषयहरू राष्ट्रिय महाधिवेशनले संशोधन गर्न सक्ने बताएका छन् ।

महासचिव पोखरेलले एमालेको १० औँ महाधिवेशनले ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाई सकेको प्रष्टिकरण दिएका छन् । पोखरेलले दुवै व्यवस्था हटाइसकेको बताएपछि स्थायी कमिटी सदस्य कर्ण थापाले जालझेल नगर्न भन्दै तथ्यमा बहस गर्न चुनौती दिएका थिए ।

पोखरेलले वैधानिक व्यवस्था जानकारी नै नलिई महाधिवेशन प्रतिनिधि हुने कुरा साङ्गठनिक अराजकता भएका आरोप लगाए ।

उनले भने, ‘विधान महाधिवेशनले अन्तिम रूप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा राष्ट्रिय महाधिवेशनले संशोधन गर्दछ । दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधानहरू आफैँ अनुमोदन गर्ने अनि अहिले आफैँ प्रश्न गर्दै हिँड्ने कुरा अनैतिक हो ।’

पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा आफैँ प्रतिनिधि भएर पास गरेको विधानबारे प्रश्न उठाउने कुरा सङ्गठनात्मक अराजकता भएको बताएका छन् ।