बालेनले छ महिनापछि बाेलाए नगरपालिका बैठक , गुरागाईलाई विदा
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले छ महिनापछि कार्यपालिका बैठक बाेलाएका छन् ।
भाेली शुक्रबारलाई बैठक बाेलाएका छन् । बैठक भाेलि दिउँसो २ बजे बोलाएका हुन् । महानगर स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भने छुट्टीमा बस्न लगाइएको छ ।
‘कार्यपालिका बैठक राख्नको लागि कार्यकारी अधिकृतलाई छुट्टीमा पठाइएको हो’, स्रोतले भन्यो, ‘मेयरले नै कार्यकारीसँग बैठक नगर्ने अडान लिएपछि उहाँलाई छुट्टीमा बस्न लगाइएको हो । उहाँले पनि त्यसलाई स्वीकार गर्नुभएको छ ।’
स्थानीय सरकार सञ्चालन ऐनअनुसार कार्यपालिका बैठक डाक्ने र त्यसको अध्यक्षता गर्ने जिम्मेवारी मेयरको हो । ऐनले महिनामा एकपटक बैठक बस्नुपर्ने व्यवस्था गरेको छ ।
तर, काठमाडौं टावरको नक्सा पास सम्बन्धी विवाद चर्किएपछि मेयर साहले गत पुसयता कार्यपालिका बैठक डाकेका थिएनन् ।
सबै स्थानीय तहले बजेट ल्याउदा काठमाडौ महानगरपालिकाले बजेट ल्याएकाे छैन ।
प्रतिक्रिया दिनुहोस्: