Bagmati Samachar Logo

नेपाली राजनीतिको संस्थापन माओवादी हो, अरु शक्ति प्रतिपक्ष हुन् : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी नेपाली राजनीतिको संस्थापन पक्ष भएको दाबी गरेका छन् ।

बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष प्रचण्डले उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी नै भएको बताएका हुन् ।

उनले भने, ‘अहिले कानुनी र संख्याको हिसाबले हामी सदनमा तेस्रो स्थानमा छौँ । तर, हाम्रो जतिसुकै सिट हुँदा पनि आजको नेपाली राजनीति, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, महिला, दलित, आदिवासी, जनजाति, मजदुर, किसान, मधेशी, मुस्लिम सबै उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी नै हो ।’

अध्यक्ष प्रचण्डले संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष माओवादी भएको दाबी गरेका छन् । उनले भने, ‘जतिसुकै संख्या भए पनि माओवादी संस्थापन हो, अरू शक्ति प्रतिपक्ष हुन् । यो संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष माओवादी नै हो ।