सेनाको हेलिकोप्टरमार्फत त्रिशूली नदीमा फसेका दुई जनाको उद्धार
काठमाडौं । नुवाकोटको त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
विदुर नगरपालिका १, इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा फसेका विदुर नगरपालिका १ का ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मंगली तामाङको उद्धार गरिएको हो ।
नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंका अनुसार सोमबारदेखि फसेका तामाङ दम्पतिको नेपाली सेनाको हेलिकोप्टरमार्फत मंगलबार बिहान उद्धार गरिएको हो ।
घाँसदाउरा गर्न गएका उनीहरू त्रिशूली नदीमा बाढी आएपछि फसेका थिए । नदीमा बाढी आएपछि उनीहरू सोमबारदेखि नै रुखमा चढेर बसेका थिए ।
प्रतिक्रिया दिनुहोस्: