Bagmati Samachar Logo

एमाले नेता विद्या भण्डारी र मेयर बालेनबीच भेटवार्ता

काठमाडौं । नेकपा एमाले नेता विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भेटवार्ता भएको छ। भण्डारीलाई भेट्न साह उनको निवास भंगालमा पुगेका थिए।

नेता भण्डारी र मेयर शाहबीच गत बिहीबार भेटवार्ता भएको भण्डारी निकट एक नेताले बताए । तीन नेताले भने, ‘बिहीबार (असार १९ गते) नेता भण्डारीको निवासमा उहाँहरूबीच भेटवार्ता भएको हो । साहसँग उनका सल्लाहकार सुनिल लम्साल पनि आउनु भएको थियो ।’

उक्त भेटका क्रममा एमाले स्थायी कमिटी सदस्य शेरधन राई, काठमाडौं क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपाल श्रेष्ठ पनि सहभागी थिए ।

भण्डारी राष्ट्रपति रहँदा ‘राष्ट्रपति चुरे(तराई संरक्षण कार्यक्रम’ अन्तर्गत चुरे क्षेत्रमा वन्यजन्तुको अन्डरपाससम्बन्धी एक योजनामा साह पनि कार्यरत रहेको र पुरानै चिनजान अनुसार भेटवार्तालाई निरन्तरता दिइएको एमाले नेता बताउछन् ।

तर भण्डारीले यहि असार १४ गते आफूले एमालेको सदस्यता नवीकरण गरेको मात्र बताइनन् आफू पनि सक्रिय राजनीतिमा आएको घोषणा गरेकी छिन् । उनले पूर्वराष्ट्रपतिको हैसियतमा राज्यबाट पाउने सेवा सुविधा छाडेकी थिइन्।

बालेन र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भने सधै तिक्तता रहदै आएको छ । ओलीले बालेनको आलोचना गदै आएका छन् भने बालेनले पनि ओलीको खरो विरोध सामाजिक सञ्जालमा गदै आएका छन् । ओली विरोधी बालेनले भण्डारी निवासमा गएर भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।