Bagmati Samachar Logo

सामाजिक सञ्जालमा हल्ला फिजाँएका हुन, मलाई स्पष्टिकरण सोधेको छैन : रामकुमारी

काठमाडाै‌ । नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले पार्टीले स्पष्टीकरण नसोधेको बताइन् ।
झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएकी छिन्।

उनले भनिन्, ‘केही शक्तिशाली पदाधिकारीहरुले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ, मलाई त सोधिएको छैन । टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भन्ने सुनेको थिएँ, मैले बोलेको कन्टेनको हिसावले।’

झाँक्रीले आफूमाथि उठेका विषय सचिवालय बैठकमै प्रस्ट पार्न पाउँ भन्दै बिहीबार पार्टी कार्यालयमा निवेदन दिन पुगेकी थिइन् ।

आफूले एउटा कार्यकर्ता भेलामा बोलेका कुरालाई लिएर पार्टीको ध्यानाकर्षण भइ निर्देशन जारी भएपछि कहीँ पनि सार्वजनिक रुपमा प्रतिक्रिया नदिएको उनले बताइन्।

पार्टीले आफूलाई स्पष्टिकरण सोधिएको कुरा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएपनि निराधार भएको बताइन् ।
केहि दिन पहिला बुटवलमा पार्टी निकट युवा संघले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा झाँक्रीले ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भने कि थिइन् । उक्त अभिव्यक्ति पछि पार्टीमा उनको आलोचना भइरहेको छ ।

उनको शिनो बोकेर हिड्न नसकिने भन्न अभिव्यक्ति आएपछि पार्टी महासचिव घनश्याम भुसालले जथाभावी अभिव्यक्ति नदिन नेता कार्यकर्तालाई ध्यानाकर्षण गराएर विज्ञप्तीन नै निकालेका थिए।