Bagmati Samachar Logo

विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ भन्ने सपना देखेका छन्, आश नगरे हुन्छ : ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विद्या भण्डारीले बम पडाउनु हुन्छ भनेर सपना देखेका बताएका छन् । उनीहरुले बम पड्के पछि नेकपा एमाले ध्वस्त हुने सपना देखेका तर त्यस्तो सपना नदेख्न आग्रह गरेका छन्।

शनिबार काठमाडौँमा मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सञ्चारमाध्ययमा आज आफूले र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बम पड्काउने जस्ता भ्रम फिँजाइएको टिप्पणी गरे।

‘मदन भण्डारीको ७४ औं जन्मजयन्ती यसलाई उनीहरुले विभिन्न आश र अपेक्षा गरेका छन्,’ ओलीले भने, ‘यहाँ मैले एकदम बम पड्काउँछु,विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, ड्याङड्याङ डुङडुङ, यहीँबाट एमाले ध्वस्त हुन सुरु गर्छ। यो सपना देखेर बसेका छन्। कुनै बम, बन्दुक, बारुद गोला पड्किनेवाला छैन। आश नगरे हुन्छ।’

नेकपा एमाले एक छ, एक रहन्छ, एकजुट भएर अघि बढ्ने बताए ।