महाकाली सन्धि ठीक छ, चाँडै सरकारले कार्यान्वयनमा ल्याउँछ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धि सही रहेको दाबी गर्दै सरकार कार्यान्वयनको पक्षमा रहेको बताएका छन् ।
ओलीले मदन भणडारी फाउण्डेसनले आयोजना गरेको भण्डारीको जन्म जयन्ती समारोहलाई सम्बोधन गर्दै महाकाली सन्धि निकट भविष्यमै कार्यान्वयनमा ल्याइने बताए ।
उनले भने, ‘महाकाली परियोजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्ने पक्षमा अहिले पनि सरकार छ, सबै यसको पक्षमा छन् । सम्भव भएसम्म निकट भविष्यमै सम्झौता कार्यान्वयन गर्दै पञ्चेश्वर कार्यान्वयन गर्छौँ ।’
अध्यक्ष ओलीले कुनै खोलानाला नबेचेको भन्दै एमालेले देशको सार्वभौमिकतालाई तलमाथि हुन नदिने बताए ।
‘सम्भव भएसम्म निकट भविष्यमै महाकाली सम्झौता पारित गर्दै पञ्चेश्वर परियोजना कार्यानव्यन गर्छौं। यो गर्नुपर्ने छ,’ उनले भने।
उनले सोही सम्झौताअनुसार बिजुलीको पैसा, पानी लिइरहेको बताए। चाँदनी दोधारामा पानीको विषयमा फेरि कुरा अगाडि प्रधानन्त्री ओलीले बताए।
उनले त्यतिबेला पार्टी विभाजन गर्नका लागि महाकालीमा नक्कली इस्यू खडा गरिएको बताए।
‘महाकालीको इस्यू भनेको जसलाई त्यतिबेला राष्ट्रवादको झन्डा देखाएर महाकाली भन्दै कुद्ने स्थिति थियो। नक्कली आडम्बरी र पाखण्डी कुरा थियो त्यसमा कुनै दम थिएन,’ उनले भने, ‘त्यो सन्धी ठिक छ। सम्झौता ठिक छ। तर त्यसबेला नदी खोला बेचे खाए भनियो। कुनै नदी खोला बेचिएको थिएन ।’
उनले स्वाधीनता र सार्बभौसत्ता अलिकति पनि तलमाथि हुन नदिने पार्टीमाथि त्यस्तो आरोप लगाएको पनि बताए।
‘नेकपा एमाले राष्ट्रको सार्वभौमसत्ता सम्प्रभूत्ता, भोगोलिक अखण्डता राष्ट्रिय हित स्वाधीनता स्वतन्त्रता अथवा स्वाभिमान केहीलाई पनि बेच्ने त कल्पनै छाडिदिऔं अलिकति तलमाथि हुन नेकपा एमालेले दिँदैन। यस्तो शक्तिमाथि आरोप लगाइयो, उनले भने।
प्रतिक्रिया दिनुहोस्: