Bagmati Samachar Logo

एमालेले विधान महाधिवेशनका लागि तीन नेतालाई जिम्मेवारी तोक्यो

नेकपा एमालेले भदौमा विधान महाधिवशेनको लागि तयारी सुरु गरेको छ । बुधबार बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीसहित तीन नेतालाई जिम्मेवारी तोकेको छ ।

पार्टी अध्यक्ष ओलीलाई राजनीतिक प्रतिवेदन लेख्न , उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलाई संगठनात्मक प्रस्ताव तयार पार्ने जिम्मेवारी तोकेको सचिव पद्मा अर्यालले शिलापत्रलाई बताइन् । उनले भनिन्, ‘आजको सचिवालय बैठकले तीन नेताहरुलाई जिम्मेवारी तोकेको छ । अध्यक्षले राजनीतिक प्रतिवेदन लेख्नु हुन्छ । उपाध्यक्ष विष्णु कमरेडले विधान संशोधन सम्बन्धी प्रतिवेदन र महासचिव शंकर कमरेडले संगठनात्मक प्रतिवेदन लेख्नु हुन्छ ।’

साउन २ गते पोलिटब्युरो र साउन ५ गते केन्द्रीय कमिटी बैठक बोलाएको पनि अर्यालले जानकारी दिइन् ।

बैठकले दोस्रो विधान महाधिवेशन आगामी भदौ २० गते ललितपुरस्थित सनराइज हलमा बस्ने निर्णय पनि गरेको छ ।