बिन्दा पाण्डे र उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा

काठमाडाै । नेकपा एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनाको निलम्बन फुकुवा गरेको छ ।
बुधबार बसेको एमाले सचिवालय बैठकले पाण्डे तिमिल्सेनामाथि ६ महिना पहिला लगाएको निलम्बन फुकुवा गरेको सचिव पदमा अर्यालले जानकारी दिइन ।
गत वर्ष पुस १० गते बसेको सचिवालय बैठकले पार्टीले सोधेको स्पष्टीकरणमा गल्ती महसुस नगरेको भन्दै ६ महिना जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको हो ।
नेकपा एमालेको पार्टी कार्यालय बनाउन किर्तिपुरमा भाटभटेनीका सञ्चालक मीनबहादु गुरुङबाट जग्गा दान लिने निर्णयको सामाजिक सञ्जालमा आलोचना गरको भन्दै एमालेले दुबैलाई ६ महिनाको लागि निलम्बन गरेको थियो ।
कार्तिक ६ गते भवन दानमा स्विकार्ने निर्णयविपरीत बोल्ने नेताहरू पाण्डे, तिमिल्सेना र भीम रावलाई ७ दिने स्पष्टीकरण सोधेको थियो । यसअघि एमाले सचिवालय बैठकले उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
तर स्पष्टिकरण चित्त नबुझेको भन्दै पाण्डे र तिमिल्सेनालाई ६ महिनाको लागि निलम्बन र रावललाई पार्टी बाट निस्कासन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्: