Bagmati Samachar Logo

रुपन्देहीको विद्युत् प्राधिकरणको सबस्टेशनमा आगलागी

काठमाडौं । रुपन्देहीको तिलोत्तमा योगीकुटीस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा आलगागी भएको छ ।

विद्युत् सर्ट भएर मंगलबार राति ९ बजेतिर भएको आगलागी भएको प्रहरीले जानकारी दिएको छ । उक्त आगलागि नियन्त्रणमा आइसकेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुटवल र तिलोत्तमा नगरपालिकाबाट आएका दुई वटा दमकलले १० मिनेटमै आगलागीलाई पूर्णरुपमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीपएसपी इन्द्रबहादुर रानाले बताए ।

छिटो आगलागी नियन्त्रणमा आएकाले ठूलो जनधनको क्षतिबाट जोगिएको उनले बताए ।

सबस्टेशन नजिकै बुटवल वडा नं १० र तिलोत्तमा २ को बस्ती छ । सबस्टेशनमा आगलागीपछि बुटवल र तिलोत्तमामा विद्युत् आपूर्ती बन्द भएको छ ।