रोस्ट्रमबाट प्रकाशमानले आक्रोश पोखेपछि प्रतिवाद गर्न जुरुक्क उठे कान्छाराम

काठमाडौँ । शहरी विकासमन्त्री प्रकाशमान सिंहले रामेछापबाट निर्वाचित सांसद कान्छाराम तामाङप्रति रोस्ट्रमबाट आक्रोश पोखेका छन् । विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रतिनिधिसभा बैठकमा उनले कान्छारामप्रति आक्रोश पोखेका हुन् ।
कान्छारामले ८ गते असारमा रोस्ट्रमबाटै आउदो ०८४को निर्वाचनमा अर्थमन्त्री विष्णु पौडेल र शहरी विकास मन्त्री प्रकाशमान सिंह जितेर नआउनु भन्दै पशुपतिनाथ र बुद्धलाई प्राथना गरेका थिए । उनले भने, ‘२०८४ को चुनावमा यी दुईवटै उपप्रधानमन्त्री यो हाउसमा नआओस् भन्ने कुरा बुद्ध भगवान र पशुपितिनाथसँग प्रार्थना गर्छु ।’
‘त्यसको जवाफ दिदै सिंहले भने, ‘रामेछाप जिल्लाकै कुरा गरौँ । माननीयज्यू (कान्छाराम)ले ठूलठूलो स्वरमा कुरा गर्नुभएको छ । नेपालको कुल जनसंख्याको रामेछापमा शून्य दशमलव ८ प्रतिशत जनसंख्या छ । शहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८२र०८३ मा मन्त्रालयको कुल बजेटको शून्य दशमलव ७ प्रतिशत अर्थात् ६६ वटा कार्यक्रममा रामेछापका लागि ८४ करोड ४७ लाख बजेट विनियोजन गरेको छ ।’
उनले आफ्नो आलोचना गर्नुको औचित्य नरहेको सदनमा बताए ।
उनले कुरै नबुझी कान्छारामले ठूलठूला कुरा गरेको आरोप लगाए । मन्त्री सिंहले यसो भनेपछि कान्छाराम आसनबाट जुरुक्क उठ्दै मन्त्री बोल्दाबोल्दै हात उठाएका थिए । त्यसपछि उनको नजिक रहेका सांसदहरूले उनलाई बस्न आग्रह गर्दै रोकेका थिए ।
प्रतिक्रिया दिनुहोस्: