Bagmati Samachar Logo

दुई लाख धरौटी तिरेर रिहाइ भएलगत्तै अमला रोका सम्पत्ति शुद्धीकरणको मुद्दामा फेरि पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी तिरेर रिहा भए लगत्तै अमला रोकालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ जिल्ला अदालतले उनलाई ६० किलो सुन तस्करी प्रकरणमा सोमबार २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएकोमा धरौटी तिरेर रिहाई भए लगत्तै नेपाल प्रहरीको केन्द्री अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनलाई सम्पत्ति शुद्धीकरण विभागबाट पत्र आएकाले पक्राउ गरेर विभागको जिम्मा लगाइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काले बताए। सीआईबीले गत शुक्रबार रोकालाई काठमाडौँको टोखाबाट पक्राउ गरेको थियो ।
दुई दिनको थुनछेक बहसपछि आज उनलाई धरौटीमा छोड्ने आदेश भएको थियो ।