सदर चिडियाखानाको रेडपाण्डाकाे मृत्यु

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा भएको वन्यजन्तु रेड पाण्डाको मृत्यु भएको छ ।
शनिबार साढे १२ बजे उक्त रेड पाण्डा मरेको चिडियाखानाका प्रमुख सत्यनारायण शाहले जानकारी दिए। रेड पाण्डाको पटक पटक चोरीको प्रयास भएको थियो । केहि दिन पहिला पनि झोलामा हालेर चोर्ने प्रयास असफल भएको थियो ।
शाहका अनुसार एक सातादेखि बिरामी भएको रेड पान्डाले खानेकुराहरू कम खाइरहेको थियो। उपचारकै क्रममा क्रममा उसको मृत्यु भएको हो।
‘बिरामी भएपछि औषधी खुवाइरहेका थियौं। सुधार नभइ मृत्यु भयो । पोस्टमर्टम रिपोर्टले किड्नी फेल भएर मृत्यु भएको देखाएको छ,’ उनले भने ।
रेडपान्डालालाई चिडियाखाना र वन कार्यालयको चिकित्सकले हेरिरहे पनि बचाउन नसकिएको उनी बताउँछन्।
शाहका अनुसार उक्त रेडपाण्डा ११ बर्ष बाँच्यो। उनीहरूको न्यूनतम ८ देखि १० वर्ष उमेर हुन्छ। उसको जोडीको गत वर्ष मृत्यु भएको थियो। एक्लै भएकाले पनि लामो समय बचाउन नसकिएको प्रमुख शाहले बताए।
प्रतिक्रिया दिनुहोस्: