Bagmati Samachar Logo

हेटौंडा उपमहानगरपालिका १ का वडा अध्यक्ष न्यौपानेमाथि कार्यकक्षमै कालो मोविल प्रहार

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ का वडा अध्यक्ष सविन न्यौपानेमाथि कार्यकक्षमै कालो मोविल प्रहार भएको छ ।

भूमिसम्बन्धि समस्याबारेमा छलफल गर्ने भन्दै वडा कार्यालय प्रवेश गरेका ४ जनाको समूहले आक्रमण गरेका हुन् । मोटरसाईकलमा आएका ४ जनाको समूहले न्यौपानेलाई कार्यकक्षमै आक्रमण गरेको उनले जानकारी दिएका छन् ।

सार्वजनिक जमिन संरक्षण गर्ने काम गर्न थालेकाले आफूमाथि आक्रमण भएको अध्यक्ष न्यौपाने बताए। हेटौंडा–१ स्वर्गलोक सार्वजनिक जमिनमा घर टहरा निर्माण गर्न खोज्नेलाई हटाउँदै उपमहानगर र वडाले संरक्षणको कदम अघि बढाएको थियो। सोही बिषय लिएर वडाका आएका व्यक्तिहरुले आक्रमण गरेको बताइएको छ।