यातायात कार्यालयका अधिकृत विरद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पर्साका अधिकृतविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
मंगलबार अख्तियारले स्रोत नखुलेको कारोबार देखिएपछि अधिकृत कमलराज गौतमविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
उनले सार्वजनिक पद धारण गरेको २०५५ वैशाख ७ देखि २०७९ चैत २४ गतेसम्म भएको कारोबारमा २ करोड ५१ लाख ७८ हजार ६८७ रूपैयाँको स्रोत नखुलेपछि उनीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियारको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।
उनकाअनुसार अधिकृत गौतमको पारिश्रमिक बचत रकम, बैठक भत्ता तथा पर्यटन काजको बचत रकम, श्रीमती सरला नेपालको पारिश्रमिक बचत र भ्रमण भत्ता बचत रकम, घरजग्गा बिक्री आय, बीमालगायत सम्पूर्ण आय २ करोड ८९ लाख २० हजार २३६ रूपैयाँ देखिन्छ।
तर सोही समय अवधीमा ५ करोड ४० लाख ९८ हजार ९५५ रूपैयाँ बरारको सम्पत्ति खर्च तथा लगानी गरेको देखिएको अख्तियारले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्: