अनेरास्ववियुमा सचिवहरूको कार्य विभाजन : प्रचारको जिम्मेवारीमा समिमबाबु खान

काठमाडौँ । अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको प्रथम बैठक बसेको छ । शनिबार एमाले केन्द्रीय कार्यालयमा बसेको बैठकले भर्खरै सम्पन्न महाधिवेशन संगठनको इतिहासमै नीतिगत, वैचारिक र सांगठनिक दृष्टिले विशेष महत्व बोकेको कोसेढुंगाका रुपमा रहेको निष्कर्ष निकालेको छ ।
साथै महाधिवेशनले राष्ट्रिय राजनीतिमा देखा परेका केही अवाञ्छित प्रवृत्तिहरूलाई दृढतापूर्वक अस्वीकार र खारेजी गर्दै सम्पूर्ण जनवादी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट भई प्रतिगमनको विरुद्ध आफ्ना अभियानहरूलाई तीव्रताका साथ अगाडि बढाउनुपर्ने जिम्मेवारीलाई बैठकले स्मरण गराएको छ ।
पहिलो बैठकले केन्द्रीय कमिटीमा निर्वाचित चारै जना सचिवहरूको कार्यविभाजन समेत गरेको छ । प्रचार सचिवको जिम्मेवारी समिमबाबु खानलाई दिइएको बैठक पछि जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्: