हेटौँडामा यात्रुबाहक बसले कार र ट्याङ्करलाई ठक्कर दियो, १० जना घाइते

मकवानपुर । हेटौँडा–वीरगञ्ज सडकखण्डको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्टनजिक डाइभरडाँडामा यात्रुबाहक बसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते भएका छन् ।
आज अपराह्न वीरगञ्जबाट हेटौँडा आउँदै गरेको ना ५ ख २९७० नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट जाँदै गरेको कारलाइ ठक्कर दिएको थियो । सोही बसले अगाडिको ट्याङ्करलाई समेत ठक्कर दिएपछि एउटा रूखमा ठोक्किएर ठूलो दुर्घटना हुनबाट जोगिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार दुर्घटनामा बसका चार यात्रु र कारमा सवार छ जना गरी १० जना घाइते भएका र सबैलाई उपचारका लागि हेटौँडा अस्पतालमा उपचार जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्: