७ मतले जोगायो बालुवाटारको इज्जत ,कसको मत कति

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २४ औं महाधिवेशनबाट अध्यक्षमा डा.सुजन कडरिया विजयी भएका छन्। उनका प्रतिष्पर्धी प्रकाश पौडेलले ७ मत कमले पराजित भएका छन् ।
कडरियाले ७३२ मत ल्याउदा पौडेलले ७२५ मत ल्याएका छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतको नाममा आफू अनुकूल नेतृत्व ल्याउने प्रयास विद्यार्थीले विफल बनाइ दिएका थिए ।
एमालेले जन वर्गीय सङ्गठन भित्र मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको विपरित आफू अनुकूलको नेतृत्व ल्याउन सर्वसम्मत नेतृत्व चयन गदै आएको थियो ।
सर्बसम्मतीको अर्थ महाधिवेशनमा सहभागी प्रतिनिधिहरू मध्ये ९० प्रतिशतको मन जितेर नेतृत्व तयार गर्नु हो। तर यसका नाममा विगत केही समयदेखि एमाले भित्र शक्ति र सत्ताको दुरुपयोग गर्दै राम्रा होइन हाम्रा खोज्ने काम हुँदै आएको छ।
निर्वाचन समितिले आज गरेको मत परिणामको घोषणा अनुसार उपाध्यक्षमा विकाश श्रेष्ठ ७०८ मत ल्याएर विजयी हुँदा उनका प्रतिष्पर्धी राजकुमार ढकालले ४२९ मत प्राप्त गरेका छन्।
त्यसैगरि महिला उपाध्यक्षमा अञ्जना शिवाकोटीले ७७५ मत ल्याएर विजयी हुँदा आरती भट्टराईले ३२१ मत प्राप्त गरेकी छन् भने महासचिवमा ७८५ मत ल्याएर दिपक धामी विजयी भएका छन्।
उनका प्रतिस्पर्धी आरके रोमसले ५५४ मत प्राप्त गरेका छन्। उपमहासचिवमा कमल जोशीले ८१६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिष्पर्धी प्रेमिका शाहीले ४७४ मत प्राप्त गरेकी छन्।
त्यसैगरि तीनजना सचिवमा आकाश घर्ती मगर ३६०, ई.रचना सापकोटा ३०४ र समिम बाबु खानले २७३ मत प्राप्त गरेर विजयी भएका छन्।
यही जेठ २५ गतेदेखि कीर्तीपुरको अडिरोयिम हलमा सुरु भएको महाधिवेशनमा सर्वसम्मत गर्ने प्रयास असफल भएपछि हिजो निर्वाचन भएको थियो। अनेरास्ववियुमा पहिलो पटक ३२ वर्षे उमेर हद लागु भएपछि निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको हो।
प्रतिक्रिया दिनुहोस्: