अनेरास्ववियुमा कडरियाकोे सुरुवाती अग्रता

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको सुरुवाती मत परिणा आउन सुरु भएको छ । सुरुवाति मत परिणाममा अध्यक्षका प्रत्यासी सुजन कडरियाले अग्रता ल्याएका छन् ।
निर्वाचन कमिटीका अनुसार प्रारम्भिक नतिजामा अध्यक्षका उम्मेदवार कडरियाले ९२ ९मत ल्याउँदा प्रकाश पौडेलले ५८ मत पाएका छन् ।
१५५१ मतदातामा रहेको अखिलमा १४५७ मत खसेको छ। विद्युतीय मेसिनमार्फत आज बिहान ८ बजेबाट मतदान सुरु भएको थियो। पानी परेपछि मतदानको समय तीन घण्टा थपेको थियो ।
नेतृत्वका लागि प्रकाश पौडेल र डा. सुजन कडरियाबीच प्रतिस्पर्धा छन् ।
प्रतिक्रिया दिनुहोस्: