अनेरास्ववियुमा १५५१ मतदातामा १४५७ मत खख्यो, नतिजा आजै आउने
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।
१५५१ मतदातामा रहेको अखिलमा १४५७ मत खसेको छ। विद्युतीय मेसिनमार्फत आज बिहान ८ बजेबाट मतदान सुरु भएको थियो। पानी परेपछि मतदानको समय तीन घण्टा थपेको थियो ।
डेढ घण्टाभित्र मत परिणाम सार्वजनिक हुने बताइएको छ । मतदान भर्खरै सकिएपछि मतगणना गर्ने तयारी रहेको छ।
नेतृत्वका लागि प्रकाश पौडेल र डा. सुजन कडरियाबीच प्रतिस्पर्धा छन् ।
यस्तो छ खसको मत आंकडा
कोशी : १५९
मधेश : ६२
बागमती भूगोल : १५०
उपत्यका विशेष : ८३
गण्डकी : १२०
लुम्बिनी : १७०
कर्णाली : १०७
सुदूरपश्चिम : १३४
आयोजक र विविध : ४७२
प्रतिक्रिया दिनुहोस्: