Bagmati Samachar Logo

जसपा सांसद सरोज सिंह कुशवाहा पक्राउ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजसिंह कुशवाहा पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो ।

कुशवाहा महोत्तरी क्षेत्र नं. ४ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी लालबाबु राउत नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीको जिम्मेवारीमा रहेका थिए ।

यसअघि, जेठ १२ गते अख्तियारको टोलीले कुशवाहाको घरमा छापा मारेको थियो । सो क्रममा उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ पक्राउ पर्नुका साथै कुशवाहाका मोबाइल फोनलगायत विभिन्न सरकारी योजनासम्बन्धी कागजातहरू नियन्त्रणमा लिएको थियो ।

कुशवाहामाथि प्रदेश सरकारले सांसदलाई उपलब्ध गराएको योजना कार्यान्वयनको क्रममा एक वडाध्यक्षसँग आर्थिक लाभ लिएको आरोप लागेको छ । अख्तियारले यसै मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ ।