अफताब आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई इजलासमै दलियो मोसो,तीन जना पक्राउ

काठमाडौं । नेकपा बहुमतका कार्यकर्ताले उच्च अदालत वीरगञ्जका न्यायाधीश खुसीप्रसाद थारुलाई इजलासमै मोसो दलेका छन् ।
बिहीबार इजलासमा धमेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले न्यायाधीश थारुलाई मोसो दलेका हुन् ।
इटाभट्टामा जिउँदै मान्छे जलाएर मारेको कसुरमा कांग्रेस नेता अफताब आलमलाई दोषी ठहर गर्ने जिल्ला अदालत रौतहटको फैसलालाई उल्टाउँदै न्यायाधीश थारू र अर्जुन महर्जनको इजलासले सफाइ दिएको थियो ।
अपराधीलाई उन्मुक्ति दिइएको भन्दै बहुमतले जनकारबाही स्वरूप न्यायाधीश थारूलाई मोसो दलेका हुन् ।
उच्च अदालत, वीरगञ्जका न्यायाधीश खुसीराम थारुलाई इजलासमै मोसो दल्ने नेकपा बहुमतका तीन जना कार्यकर्ता पक्राउ परेका छन् ।
न्यायाधीश थारुलाई मोसो दल्ने नेकपा बहुमतका केन्द्रीय सदस्य तथा मधेश ब्यरो कार्यालय सदस्य अविनाश कुँवर, विद्रोही र गर्भुलाई प्रहरीले पक्राउ गरेको छ ।
बहुमतले थारुसहितको इजलासले ज्यान मुद्दामा कारागारमा रहेका कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएकाको विरोधमा मोसो दलिएको बताएको छ ।
अदालतले जनविरोधी फैसला गरेकाले जनकारबाही गरिएको नेकपा बहुमतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: