Bagmati Samachar Logo

काठमाडौँ महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप विरुद्ध भ्रष्टाचार मुद्दा दायर, ४ करोड ३१ बिगो माग लाख ७२ हजार

काठमाडौं । काठमाडौँ महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै उनीसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

परियारविरुद्ध ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो माग गरिएको छ। त्यस्तै महानगरपालिकाका निर्देशक रवीनमान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी, निर्देशक वसन्त आचार्य, निर्देशक नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल, इन्जिनियर जनार्दन गिरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ।

त्यस्तै कल्पवृक्षकोहिनूर जेभी र समानान्तर निर्माण सेवा प्रालिसहितले ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ हानिनोक्सानी गराएको अख्तियारको दाबी छ। परियार हाल सूचना तथा प्रशारण विभागका महानिर्देशक छन्।