अनेरास्ववियुको सचिवमा रक्षा बमको सशक्त दाबेदारी

काठमाडौं । एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) को २४औँ महाधिवेशन काठमाडौंमा जारी छ । सर्वसम्मत नेतृत्त चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया सुरु भएको छ । अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेलबीच प्रतिस्पर्धामा उत्रेका छन् ।
नौ जना पदाधिकारीमध्ये चार सचिवका ३६ जना मैदानमा उत्रेका छन् । लामो समय संगठनमा काम गरेको अनुभव भएकाले बमको सम्भावना सबै भन्दा बढी रहेको छ । उनलाई सचिवको बलियो उम्मेदवारको रूपमा हेरिएको छ ।
२०६५ सालमा दार्चुलास्थित छन्ना तिंकरी कन्या माविबाट अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्षको रूपमा विद्यार्थी राजनीतिमा प्रवेश गरेकी बमले उच्च शिक्षाको लागि धनगढी आएपछि अनेरास्ववियुको सांगठनिक यात्रालाई थप विस्तार गरेकी थिइन् ।
कैलाली बहुमुखी क्याम्पसमा अध्ययनकै क्रममा उनले क्याम्पस कमिटी सदस्य, सहसचिव र कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दै कार्यअनुभव समेटेकी छन् ।
केन्द्रीय राजनीतिमा पनि बमले प्रभावशाली उपस्थिति जनाउँदै केन्द्रिय समिति सदस्य, सचिवालय सदस्य हुँदै स्थायी समिति सदस्यसम्मको यात्रामा निरन्तर सक्रिय भूमिका निर्वाह गरेकी छन् ।
अनुभव, संगठनप्रतिको समर्पण र स्पष्ट विचारधाराका कारण बमलाई यसपटकको महाधिवेशनमा सचिव पदका लागि सशक्त उम्मेदवारका रूपमा हेरिएको छ ।
विद्यार्थी राजनीतिमा सक्रियता र नेतृत्व क्षमताले उनी आफू जित्ने बताउछन् । पार्टीभित्र र बाहिर दुवैतिर बमको उम्मेदवारीले चर्चा पाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्: