अनेरास्ववियुको नेतृत्वको लागि यी हुन उम्मेदवारहरु (सूचीसहित)

काठमाडाै । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको जारी महाधिवेशनबाट नेतृत्व चयनको लागि परेको उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक भएको छ ।
अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन् ।
उपाध्यक्ष एक खुल्लाउपाध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका छन् । जसमा ई. विकाश श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी (लिपुलेक), धर्मेन्द्र केसी, गणेशबहादुर शाही छन् । त्यस्तै एक महिला उपाध्यक्षमा चार जनाले उम्मेदवारी दिएका छन् । जसमा सुजिता धिताल, अञ्जना शिवाकोटी, भवानी बजगाईँ र आरती भट्टराईले उम्मेदवारी दिएका छन् ।
महासचिवमा दिपक धामी, आर के रोमस, सुनिल कँडेलको उम्मेदवारी दिएका छन् । एक महासचिवमा तीन जनाले उम्मेदवारी दिएका छन् । एक जना उपमहासचिवमा तीन जनाले उम्मेदवारी दिएका छन् । जसमा प्रेमिका शाही, कमल जोशी, अमरबहादुर शाही रहेका छन् ।
४ जना सचिवमा ३६ जना मैदानमा छन् । जसमा रक्षम बम,रेखा न्यौपाने,आकाश घर्ती,सौगात ढकाला लगायतका ३६ जना रहेका छन् ।
अधिवेशनले ४९ सदस्यीय सचिवालय सदस्य, १५१ जना केन्द्रीय सदस्यीय , आयोगका पदाधिकारीसहित १३ जनासमेत गरी २०३ पदका लागि निर्वाचन हुने छ ।
प्रतिक्रिया दिनुहोस्: