अनेरास्वियुमा प्यानल घोषणा , यी हुन दुई समूह

काठमाडौं । एमालेको भ्रातृ संगठन अनेरास्वियुको नेतृत्व चयनको लागि दुई प्यालन निर्वाचनमा भिड्दै छन् । एमालेले गरेको निरन्तर सहमतिको प्रयास असफल भएपछि निर्वाचन हुने भएको छ ।
अनेरास्ववियुको जारी २४औँ महाधिवेशनमा पार्टी नेतृत्वको निर्देशन विरुद्ध एक समुहले अडान राखेपछि निर्वाचनमा जान नेतृत्व बाध्य भएको हो । अध्यक्षका आकांक्षी प्रकाश पौडेलले अडान राखेपछि निर्वाचन प्रक्रिया सुरु भएको एक पदाधिकारीका उम्मेदवारले बताए ।
अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन्। पार्टी नेतृत्वले सोमबार नै कडरियाको नाममा सहमति गराउने प्रयास गरेको थियो। तर, पौडेल पक्ष र अन्य प्रतिनिधिले नाराबाजीसहित चुनाव माग गरेका थिए । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कडरियालाई अध्यक्षा प्रस्ताव गरेका थिए । तर पौडेलले मानेनन् । अर्का आकांक्षी दिपक धामी भने कडरिया प्यानलबाट महासचिवमा सहमत भएका छन् । त्यस्तै अञ्जना शिवाकोटीपनि कडरियाको प्यानलमा उपाध्यक्ष बन्न सहमत भएकी छिन् ।
पौडेल प्यानलबाट आरके रोमश महासचिव र आरती भट्टराईले उपाध्यक्षको उम्मेदवारी दिएकी छिन् ।
उपाध्यक्षमा ८ जनाले उम्मेदवारी दिएका छन्। खुल्ला उपाध्यक्षमा भरत धामी लिपुलेक, राजकुमार ढकाल, विकास श्रेष्ठ, धमेन्द्र केसीको उम्मेदवारी परेको छ। त्यस्तै महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुजिता धिताल र भवानी बजगाईँको उम्मेदवारी छ।
उता सुनिल कँडेलले महासचिवमा उम्मेदवारी दिएका छन्।
पौडेल पक्षबाट महासचिवमा रोमस र उपाध्यक्षमा आरती छन् भने अर्को उपाध्यक्षमा असन्तुष्टलाई तान्ने गरी अहिले छलफल चलाइरहेको छन्।
यो समूहले पनि उपमहासचिव र सचिवमा आफ्नो उम्मेदवार टुङ्ग्याएको छैन।
उपमहासचिव पदमा कमल जोशी, अमर शाही, र प्रेमिका शाहीको उम्मेदवारी परेको छ भने सचिवमा रक्षा बम, मनोज राई, अनुप लामिछाने, रेखा न्यौपाने, नीरज पौडेल, धर्मराज तिमिल्सेना, स्मृति बराल, मदन भण्डारी, राजेश ओली, प्रताप तामाङलगायतले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्: