वाईसीएलमा विधान मिचेर नेतृत्व घोषणा गरेपछि माओवादी नेताको फेसबुकमा लडाई

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट वाइसीएल नेपालको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।
वाईसीएलको विधानमा ३५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ । राष्ट्रिय सम्मेलनको हलले नै त्यहि विधान पास गरेको थियो । तर जब नेतृत्व सर्वसम्मत गर्ने भनेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिए त्यसपछि उक्त विधान लत्याएर वाईसीएलेको नेतृत्व चयन गरेको छ ।
३५ सदस्यीय पदाधिकारीको ठाउँमा सम्मेलनको छैठौँ दिन ७५ सदस्यीय पदाधिकारी सर्वसम्मत चयन गर्यो । त्यसपछि त्यसको असर पार्टीमा परेको छ ।
पार्टीका केन्द्रीय सदस्य अनिल शर्माले विधान पारित गरेको केहि घण्टा बित्न नपाउँदै सम्मेलनको सर्वोच्चतालाई हरण गर्ने र आफ्नो असक्षमतालाई ढाकछोप गर्ने प्रवृत्तिले वाइसीएललाई बन्धक बनाएरै छोडेको सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गरेका छन् ।
उनले यसमा वाइसीएलको खासै दोष नभएको भन्दै त्यसको जिम्मा लिने र पार्टीको नेतृत्वको कारण कति पीडित भए त्यो इतिहासको गर्भ मै रहने सामाजिक सञ्जालमा लेखेका छन् । उनले लेखका छन्, ‘विधान पास गरेको केहि घण्टा बित्न नपाउँदै सम्मेलनको सर्वोच्चतालाई हरण गर्ने र आफ्नो असक्षमतालाई ढाकछोप गर्ने प्रवृत्तिले वाईसीएललाई पनि बन्धक बनाएरै छोडे । यसमा वाइसीएलको खासै दोष छैन, त्यसको जिम्मा लिने र पार्टीको नेतृत्वको कारण कति भिक्टिम भए, त्यो त इतिहासको गर्भ मै रहला । जे जसरी होस एउटा कमिटी बनेको छ, कमरेड पुष्प वली नेतृत्वको वाइसीएल नेपाललाई बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’
नेता शर्माको फेसबुक स्टाटसमा वाइसीएलका इन्चार्ज समेत रहेका पार्टीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले वाइसीएलमा जनार्दन शर्मा पक्षको कुनै केहि नचलेपछि उनका आसेपासेले गरेको प्रचार निन्दनीय भएको टिप्पणी गरेका छन् ।
साथै उनले यस्ता पानी मरुवा चाल चल्न छोडेर साँच्चै लड्न आउन चुनौती दिनै आफू जनार्दन शर्मा जहाँ चुनाव लड्छन् त्यही लड्न तयार रहेको सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले लेखेका छन्, ‘अनिल जी फ्याक्सर्नको हिसाबले म त चुनावमा लैजाने तयारीमा थिए । (नाताले तपाईँको दाइ) आदरणीय नेता जनार्दन शर्माले पार्टी पदाधिकारी बैठक र अध्यक्षसँग वाइसीएल जस्तो संगठनलाई चुनाव लैजानुहुन्न भनी सहमति कुरा आएको छ । खास के हो ? अनि तपाईँहरूको पक्षले खुमलटार पुगेर गरेका अन्य सहमतिबारे मलाई केहि जानकारी कसैले गराइदिए हुने हो । मैले घुइरो घुइरो सुनेको मात्रै छु । वाइसीएलमा घुनपुतली नलागेपछि तपाई र अन्य आसेपासेले आजबाट सुरू गरेको प्रचार निन्दनीय छ । यस्ता पानी मरूवा चाल चल्न छोडेर साँच्चै लड्न आए हुन्छ । म माओवादीमा तपाईँका दाइ जहाँ लड्छन् त्यही चुनाव लड्न तयार छु ।’
दीपशिखाको टिप्पणीमा अखिल (क्रान्तिकारी)का उपमहासचिव निर्मला गौतमले दिपशिखालाई सामाजिक सञ्जालबाट नै जवाफ फर्काएकी छिन् । उनले लेखेकी छिन्, ‘आफ्नो आङ्मा भैसि नेदेख्ने अरुको आङ्मा जुम्रा देख्ने अरुलाइ आलोचना मात्रै हैन तुच्छ शब्द प्रयोग गर्न पनि नपर्ने कमरेड आफुलाइ प्रश्न गर्दा त खुर्सानिको बोटमा झुन्डेर मरौला झैइ गर्नु हुदो रैछ त ? प्रश्न नै सोध्न नहुने तपाईंको आलोचना नै गर्नु नहुने तपाईं को हो ?’
उनले अनिल शर्माको फेसबुकमा नेकपा (एमाले)का नेता महेश बस्नेतसँग चुनाव लडेर संसदमा देख्न मन भएको टिप्पणी गरेकी छन् । उनले लेखेकी छन्, ‘जनार्दन शर्मासँग होइन, महेश बस्नेतसँग चुनाव लडेर आउनुहोस् संसदमा हेर्न मन छ ।’
अखिल (क्रान्तिकारी)का पूर्व सचिव खेम रनपहेलीले ‘अध्यक्षको नाम भजाएर दादागिरी गरेको आरोप लगाएका छन् । उनले लेखेका छन्, ‘पार्टी तपाईँको पेवा हो, दाजुभाइको सम्बन्ध देख्नेले पार्टी अध्यक्ष प्रचण्डको नाम भजाएर राज गरेको देख्नुभएको हो । तपाईँलाई वाईसीएलको कार्यकारी भूमिका दिइएको होइन । हाम्रो पार्टीमा फ्याक्सन इन्चार्ज कार्यकारी पद होइन । तपाईँको हस्तक्षेप थियो भन्ने केही वाईसीएलका साथीहरूको पनि गुनासो थियो । तपाईँलाई वाईसिएलमा छुट्टै चियरिङ गराउनु पर्ने, वाईसिएल अध्यक्ष भन्दा अगाडि तपाई उभिनु पर्ने जरुरी थियो ? आखिर वाईसिएल त तपाईँले पनि चलाएकै हो त । दोस्रो कुरा अखिल (क्रान्तिकारी)को तपाईँलाई के जिम्मेवारी थियो र संस्थापन भन्दै उपत्यका प्रदेशमा भोट माग्नु भयो ? पार्टी संगठनमा तपाई पारस हो ? अध्यक्षको नाम भजाएर दादागिरी हो ? पार्टी तपाईँको पेवा पनि होइन ल । दाजुभाइको सम्बन्ध देख्नेले पार्टी अध्यक्ष प्रचण्डको नाम भजाएर राज गरेको देख्नु भएन ?’
क्रान्तिकारीका पूर्व नेता प्रदिप भट्टले पनि दिपशिखालाई जनार्दन शर्मासँग लेवल नमिल्ने बताएका छन् । उनले लेखेका छन्, ‘दिपशिखा दाइले क्रान्तिकारी कब्जा गर्ने बल प्रयोग गर्न आएका थिए तर हामिले त्यतिबेला सशक्त प्रतिकार गर्यौ साइजमा थिए अब वाइसीएलमा दिपशिखा ‘डन’ नै भए । दिपशिखा दाइले जे बोल्नु भएको छ त्यो गलत छ । जनार्दन दाइ सङ लेवल मिलेन है ।’
वाईसीएलमा समिति घोषणा हुँदा हानाहान
माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतकै अगुवाईमा विधान विपरित समिति घोषणा भएको थियो । उक्त समिति घोषणा सुरु भएपछि एक समुहले हलमा नै नाराबाजी गरेका थिए । नाराबाजीमात्र होइन हातपातमा उत्रेका थिए । हातपातमा उत्रेका समुहले बस्नेतमाथि पनि हात उठाएका एक सहभागीले बताएका थिए ।
आक्रोसित प्रतिनिधिले बन्दशत्रमा बस्नेतलाई धकेलेर कुटपिट गर्न खोजेपछि उनलाई हलबाट भगाइएको थियो ।
वाइसीएल तेस्रो राष्ट्रिय सम्मेलन सहमतिको नाममा जबरजस्त नयाँ नेतृत्वको घोषणा गर्दै सम्पन्न गरेको छ ।
बन्दशत्रमा ३५ पदाधिकारीसहित केन्द्रीय सदस्यको संख्या २५१ रहने हलबाट विधान पारित गरेको थियो । तर, मध्यरात विधान विपरित ७५ पदाधिकारीसहित ३५१ केन्द्रीय समिति घोषणा गरिएको थियो ।
प्रतिनिधिले स्वास्थ प्रतिस्पर्धामा निर्वाचन माग गरेका थिए । तर हेडक्वाटरको निर्देशन भन्दै विधानलाई नै लत्याएर बस्नेतको नेतृत्वमा दिपशिखा सहितले जवजस्ती वाइसीएलको समिति घोषणा गरेको थियो ।
अहिले बस्नेतका जिल्ला जाजरकोटका वाईसीएल इन्चार्ज र कर्णालीका सबै जिल्लाका इन्चार्जहरुले शपथ ग्रहण बहिस्कार गरेको भन्दै विज्ञप्ती निकालेको छन् ।
काठमाडौँ जिल्ला वाईसीएलले पनि विज्ञप्ती निकाले शपथ बहिस्कार गरेका छन् ।
बहिस्कार गर्नेमा जाजरकोट जिल्ला इन्चार्ज विकास रोकाय,जनक कुमार विश्वकर्मा रुकुम पश्चिम, हस्तबहादुर शाही कालिकोट हर्क थापा दैलेख, कर्मा लामा हुम्ला रहेका छन् । त्यस्तै, केन्द्रीय सदस्य गौरीकला शाही, गिता शाही र राजेश बुढाले पनि शपथ बहिस्कार गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्: